एनआइसी एशिया लघुवित्तका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको डिम्याट खातामा नगद लाभांश पठाएको छ । लघुवित्तका अनुसार डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई मात्र लाभांश जम्मा गरेको हो ।

अन्य सेयरधनीले भने डिम्याट खाता र बैंक खाता अपडेट गरे पछि मात्र लाभांश पाउनेछन् । कम्पनीको पुष ६ गते सम्पन्न साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Comments

Back to top