दोल्ती पावरको साधारणसभा आह्वान

दोल्ती पावर कम्पनीले तेश्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले सभा माघ ५ गते शुक्रबार, काजिको किचेन, पुरानो बानेश्वर काठमाडौंमा बिहान ९ बजे बोलाएको हो ।

कम्पनीको सभाले संचालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभामा गत वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा संचालकको निर्वाचन गर्ने प्रस्ताव अघि सारिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस २३ गते बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार पुस २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Comments

Back to top