बिहिबार नेप्सेमा झिनो अंकको गिरावट!
बिहिबार नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० विन्दुमा झरेको छ।
यस दिन कारोबार भएका ३०३ कम्पनीको कुल १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर ५ अर्ब २४ करोड ८७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०३ कम्पनीको सेयर मूल्य बढेको छ, १३५ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।
कारोबार भएका ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा धाैलागिरी लघुवित्त वित्तीय संस्था र बिपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनलर्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोडको ३८ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ।
Comments