शिवम सिमेन्टको बुकक्लोजको मिति तय

शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले उक्त कार्यको लागि पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। उक्त प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

Comments

Back to top