युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त कार्यको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ ।

 

Comments

Back to top