बुधबार नेप्सेमा १७ अंकको गिरावट!

बुधबार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०७ कम्पनीको कुल १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर ५ अर्ब २४ करोड ८७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८३ कम्पनीको सेयर मूल्य बढेको छ, १५९ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

 

कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा बिपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनलर्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोडको ६६ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top