इजरायली आक्रमणमा ईरानका वरिष्ठ सैन्य कमाण्डर मारिए, बदला लिने राष्ट्रपति रईसीको चेतावनी
ईरानले सिरियामा इजरायलले गरेको आक्रमणमा आफ्ना एकजना वरिष्ठ सैन्य कमाण्डरको मृत्यु भएको जनाएको छ ।
ईरानको समाचार एजेंसी तसनीमका अनुसार कमाण्डर सैयद रजी मोसावीको मृत्यु भएको हो । उनी इस्लामिक रेभुलुसनरी गार्डसका अनुभवी सैन्य सल्लाहकार थिए ।
ईरानका राष्ट्रपति इब्राहिम रईसीले मोसावीको मृत्युमा दु:ख जनाउँदै इजराइलले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले यसबाट यहुदी शासनको हड्बडाहट र कमजोरी परष्ट भएको भन्दै इजरायलसँग बदला लिइने बताए ।
समाचार एजेन्सीका अनुसार सिरियाको उत्तर-पूर्वी दमिश्कको सैयदा जैनब क्षेत्रमा भएको आक्रमणमा मोसावी मारिएका हुन् । इजराइली सेनाले पछिल्ला केही वर्षदेखि सिरियामा पनि सैन्य आक्रमण गर्दै आएको छ ।
सात अक्टूबरमा भएको हमासको आक्रमणपछि इजरायलले सिरियास्थित ईरानी क्याम्पमा पनि आक्रमण बढाएको छ ।
ईरानले सिरियामा राष्ट्रपति बशर-अल-असदको सरकारलाई समर्थन गरेको छ । ईरानले शिया मिलिशियालाई प्रशिक्षण दिन आफ्ना सैनिक सिरिया पठाउने गरेको छ । लेबनानको अतिवादी संगठन हिजबुल्लाह पनि सिरियामा ईरानसँग मिलेर काम गरिरहेको छ ।
मोसावी ईरानी सेना के कमाण्डर कासिम सुलेमानीका सहयोगी थिए । सुलेमानीलाई सन २०२० मा इराको राजधानी बगदादमा ड्रोन आक्रमण गरि मारिएको थियो ।
ईरानको सेनाले पनि यो आक्रमणमा इजराइल जिम्मेवार रहेको भन्दै यसको ठूलो मुल्य चुकाउनु पर्ने धम्की दिएको छ । यसबारे इजरायलले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
Comments