प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट दिउँसो ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री स्वयंले विभिन्न कारणले अपेक्षित काम गर्न नसकेको स्पष्ट गरिसकेका प्रचण्डले आज सफलताका पोका खोल्दैछन् । 

उनले पहिलो वर्षमा उल्लेखनीय काम गर्न नसके पनि दोस्रो वर्षमा भने चमत्कार गर्ने आश्वासन दिने संकेत गरेका छन् । 

गठबन्धनको भएको सहमति भनिए अनुसार प्रचण्डले शुरुआती दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् । तर उनको व्यवहार देख्दा भने एक दिन पनि बढी हुने भन्दै गठबन्धन दलका नेताहरुले नै आलोचना गर्न लागेका छन् ।

Comments

Back to top