यूनिभर्सल पावरको लाभांश घोषणा

यूनिभर्सल पावर कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अघि सारेको हो । सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते आइतबार आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा दिउँसो १२ः१५ बजेदेखि सभा बोलाएको हो ।

त्यसैगरी, सभामा कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि राखेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Comments

Back to top