लुम्बिनी प्रदेश सरकारमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
लुम्बिनी प्रदेश सरकारमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई मन्त्री थपेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले बुटवलमा माओवादी केन्द्रकी कृष्णा केसीलाई शहरी विकास र नेपाली कांग्रेसको संस्थापन पक्षका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीको रुपमा सपथग्रहण गराएका छन् ।
१० मन्त्रालय रहेको लुम्बिनीमा यो विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । बाँकी रहेको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरी आफैँले राखेका छन् ।
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भए पनि कांग्रेसको संस्थापन इतर पक्ष भने समेटिन सकेन । यसअघि स्वास्थ्यमन्त्री बनेका दाङका राजु खनाल पनि संस्थापन पक्षबाटै मन्त्री बनेका थिए ।
Comments