साताको पहिलो कारोबार दिन नेप्सेमा २१ अंकको गिरावट, कारोबार ७ अर्ब ११ करोड!

आइतबार नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर ७ अर्ब ११ करोड १७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७९ कम्पनीको सेयर मूल्य बढेको छ, १६१ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा ज्योती विकास बैँक बन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोडको ४३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top