नेप्से इन्ट्राडे अपडेट: ४.३४ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.३४ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ४.३४ अङ्कले बढेर २११३.४५ मा आएको हो। २९२ कम्पनीको ८,३५७,०९४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ३३ करोड ७७ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा ५ कम्पनी रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.६६% ले घटेको छ।

 

Comments

Back to top