एफपीओ निष्कासनको प्रस्ताव राख्दै हिमालयन बैंकको साधारण सभा आह्वान

हिमालयन बैंक लिमिटेडले ३१ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सभा डाकेको हो ।

उक्त सभाले सर्वसाधारण शेयरधनीको आवश्यक शेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने, एफपीओको मूल्य तय गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अुनसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Comments

Back to top