सिटी होटल लिमिटेडको साधारण सभा पुस २० गते

पुस २० गते सिटी होटल लिमिटेडले साधारण सभा बोलाएको छ । तर, कम्पनीले लाभांश वितरण सम्बन्धी भने कुनै पनि प्रस्ताव अघि सारेको छैन ।

यसआधारमा लगानीकर्ताको हात खाली हुने भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले आइतबार पुस ८ गते बुक क्लोज गर्ने भएको छ । आइतबारभन्दा अघिसम्म कायम रहेका सेयरधनीले सभामा सहभागी हुन सक्नेछन् ।

Comments

Back to top