नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न शनिबारदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) ले गत बिहीबार एक सूचना जारी गरेर जनाएको थियो ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।

यसैगरी, काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रुवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्षअघि निर्माण भएका हुन् बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।

Comments

Back to top