सपोर्ट लघुवित्तको साधारण सभा आह्वान

सपोर्ट लघुवित्तले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । साधारण सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ ते बुक क्लोज गर्दैछ ।

शुक्रबार र शनिबार परेकाले १३ र १४ गते सेयर कारेबार हुदैन । १५ गते आइतबार लोसारको अवसरका सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

Comments

Back to top