लुम्बिनी र मौलाकाली केबल कारले आईपीओ निष्कासन गर्ने

लुम्बिनी र मौलाकाली केवलकार कम्पनीले आईपीओ निष्काशन गर्ने भएका छन् । कम्पनीहरुले आफ्ना वार्षिक साधारण सभाको सूचना प्रकाशित गर्दै आईपीओ निष्काशन गर्ने जानकारी दिएका हुन् ।

लुम्बिनी केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। लुम्बिनी केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो । सभा होटल हिमालय लाजिम्पाट, काठमाण्डौमा विहान ९ बजेदेखि सुरु हुनेछ ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९र०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ । यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, मौलाकाली केबल कारले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २७ गते शुक्रबार हुने सातौं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय गैंडाकोट, नवलपरासीमा विहान ९ बजेदेखि सुरु हुनेछ ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९ र ०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Comments

Back to top