राष्ट्रियसभा निर्वाचनका लागि तोकियो मतदानस्थल, प्रत्येक प्रदेशमा एउटा

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले मतदानस्थलसँगै मतदान केन्द्र पनि तोकेको हो ।

आयोगका अनुसार प्रत्येक प्रदेशमा एक-एक वटा मतदान स्थल रहनेछन् ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा र वागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौडा, मकवानपुरका लागि मतदानस्थल तोकिएको आयोगले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की। लुम्विनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ ।

Comments

Back to top