युक्रेनविरुद्ध रूसद्वारा व्यापक हवाइ आक्रमण
युक्रेनी राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रूसी सेनाले बिहीबार रातभरि हवाई आक्रमण तथा दर्जनौं इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ ।
“रूसी सेनाले तीन तिरबाट विभिन्न प्रकारका हवाइ अस्त्रद्वारा आक्रमण गरी कब्जा गरिएको क्रिमिया, प्रिमोस्र्को युक्रेनी वायु सेनाले टेलिग्राम मार्फत जनाएको छ ।
टेलिग्रामले कुनै पनि विनासको रिपोर्ट नगरी ३५ मध्ये ३४ ड्रोनलाई खसालेको मात्र उल्लेख गरेको छ । युक्रेनमा पछिल्लो समय दिनहु जस्तो ड्रोन आक्रमण भएका छन् । कीएभले आफ्नो युरोपेली र अमेरिकी सहयोगीहरूबाट प्राप्त हतियारहरूसहित आफ्नो वायु रक्षा प्रणालीलाई बलियो बनाएको छ ।
पछिल्लो समय मस्कोले रातिको समयमा आक्रमणलाई तीव्र पारेको छ । युक्रेनले रूसको आक्रमणको सामना गर्नका लागि आफ्ना सहयोगीहरूलाई थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेको छ ।
Comments