हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई सरकारले दियो १० लाख
सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई १० लाख रूपैयाँ दिएको छ ।
मन्त्रिपरिषद्को असोज २२ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले मृतकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रुपैयाँ दिएको हो ।
अर्थ मन्त्रालयले मृतकको परिवार भएको जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम पठाएको हो ।
Comments