७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्सेमा बिहिबार करेक्सन !

बिहिबर नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका ३०४ कम्पनीको कुल १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५० कम्पनीको सेयर मूल्य बढेको छ, १९१ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा सूर्यज्योती लाइफ इन्स्योरेन्स् कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.४४% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोडको ६८ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलप्मेन्ट कम्पनी लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top