नेप्सेमा ३५.३९ अंकको वृद्धि, कारोबार ७ अर्ब माथि !

बुधबर नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका ३०६ कम्पनीको कुल १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर ७ अर्ब ९५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६१ कम्पनीको सेयर मूल्य बढेको छ, ७८ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन ११ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा कुमारी धनवृद्धि योजना रहेकाे छ जसको सेयर मूल्य ३.८२% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोडको ३४ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top