नेप्से इन्ट्राडे अपडेट: ९.३८ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.३८ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ९.३८ अङ्कले बढेर २११५.८७ मा आएको हो। २९० कम्पनीको १०,०८३,८३८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ७५ करोड ३९ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल रिपब्लिक मिडिया लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.७८% ले घटेको छ।

 

Comments

Back to top