४५.९८ अंकको वृद्धिका साथ नेप्से सूचक २१०६.४८ विन्दुमा !

मंगलबार सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका ३०३ कम्पनीको कुल १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर ५ अर्ब ९८ करोड ४६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १८३ कम्पनीको सेयर मूल्य बढेको छ, ५३ कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रमुख कारोबार

यस दिन ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम-२ रहेकाे छ जसको सेयर मूल्य ७.२६% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोडको ४३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा प्रभु बैँक लिमिटेडको सेयर प्रोमोटरको कारोबार भएको छ।

Comments

Back to top