हिमालयन लघुवित्तले बोलायो साधारण सभा

हिमालयन लघुवित्तले १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २५ गते बुधबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन ।

यस कम्पनीको सभाले सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियुक्ती गर्नेछ । सभामा गत आवको वार्षिक प्रतिवेदनसहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाहमा छलफल तथा पारित गर्ने, लेखापरीक्षकको नियुक्ती तथा पारिश्रकिम तोक्ने लगायतका एजेण्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने जनाएको छ । यसको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Comments

Back to top