नेप्से सूचकमा ३८ अंकको वृद्धि, कारोबार रकम ६ अर्ब ८६ करोड!

सोमबार पनि सेयर बजार उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर ६ अर्ब ८६ करोड ८१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६५ कम्पनीको सेयर मूल्य बढेको छ, ७२ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.८६% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमाल दोलखा हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडको २६ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top