तारागाउँ रिजेन्सीले डाक्यो साधारण सभा

तारागाउँ रिजेन्सी होटल लिमिटेडले २७ औं वार्षिक साधारण सभा बोलाएको छ । होटलले पुस २४ गते मंगलबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस शेयर गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षकका नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको सभामा भाग लिन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Comments

Back to top