नेप्से सूचकमा २७.७५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब १५ करोड!

आइतबार सेयर बजार उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २९५ कम्पनीको कुल १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर ५ अर्ब १५ करोड ७८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १८५ कम्पनीको सेयर मूल्य बढेको छ, ८५ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन ११ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.७७% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमाल दोलखा हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोडको १२ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top