तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाखको आवेदन
तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाख ७१८ आवेदकले आवेदन दिएका छन् । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।
कम्पनीमा शुक्रबारसम्म १० लाख ७१८ आवेदकबाट १ करोड ८० लाख ६३ हजार ७ सय ९० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ३७ अर्ब २१ करोड १४ लाख ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७ सय ४० रुपैयाँ संकलन भएको छ ।
कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँड गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको हो ।
Comments