नेप्सेमा ६.५५ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब १५ करोड!

बिहिबार पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका ३०० कम्पनीको कुल ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर ३ अर्ब १५ करोड १६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४० कम्पनीको सेयर मूल्य बढेको छ, ९१ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल हाइड्रो डेपलपर्स रहेका छन् जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.९८% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडको ४ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top