कञ्चनपुरमा महेन्द्रको शालिक राख्न खोजेपछि प्रशासनको निषेधाज्ञा

स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयमा तनाव हुने संकेत देखिएपछि स्थानीय प्रशासनले कञ्चनपुरमा निषेधाज्ञा जारी गरेको छ ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा ७ दिनसम्म लागू हुनेछ ।

निषेधाज्ञाअनुसार यो क्षेत्रमा ५ जना भन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन।

संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको शालिक स्थापना गर्ने तयारी थियो । तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

Comments

Back to top