हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा पहिलो दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै १ अर्ब २४ करोड २३ लाख ४० हजार ६ सय ८० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा बुधबार साँझसम्ममा ३ लाख ३७ हजार ९ सय ६४ जनाले ६० लाख ३० हजार ७ सय ८० कित्ताका लागि आवेदन दिएका हु्न् । 

कम्पनीले आज मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको हो ।

कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

 

Comments

Back to top