कसैको दबाबमा युद्ध रोकिँदैन : नेतान्याहु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँगको युद्ध कसैको दबाबमा नरोकिने बताएका छन् । नेतान्याहुले हमास पराजित भएपछि मात्रै युद्ध रोकिने बताएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभाले गाजामा युद्ध विराम गर्नु पर्ने प्रस्तावलाई बहुमतले पारित गरेपछि इजरायलको यस्तो प्रतिक्रिया आएको हो । इजरायली विदेशमन्त्री एली कोहेनले युद्ध नरोकिने बताउदै युद्ध विराम गरेर हमासलाई आराम गर्ने मौका दिन नसकिने बताए ।

हमासका लागि युद्ध विराम अहिले राम्रो उपहार हुनेमा इजरायल सचेत रहेको कोहेनको भनाई छ ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत इजरायलले अन्धाधुन्ध बमबारी गरेको भन्दै आलोचना गरेका थिए । बाइडेनले गाजामा पछिल्लो बमबारीका कारण उसले विश्वव्यापी समर्थन गुमाउदै गएको बताएका थिए ।

अमेरिका सहित सबैले इजरायललाई संयम बन्न आग्रह गरिरहदा इजरायल भने थप आक्रामक बन्दै गएको छ ।

 

Comments

Back to top