नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार पनि ३ अर्ब ९० करोडको!

बुधबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २९२ कम्पनीको कुल १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर ३ अर्ब ९० करोड ९१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ, १०० कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा कुथली बुखारी स्मल हाइड्रो लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.६९% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोडको ६७ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अरुण काबेली पावर लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top