लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले आफ्ना शेयरधनीलाई कुल ७ दशलमव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि दशलमव ३७ प्रतिशत लाभांश गरी कूल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

Comments

Back to top