६ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ६.२६ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । यसका लागि फागुन २३ गते ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरिएको हो ।
केन्द्रीय बैंकले फागुन २५ गते जारी गर्न लागेको २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल गरेको हो । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो चैत २२ गते परिपक्व हुनेछ।
यसैगरी राष्ट्र बैंकले ९१ दिने ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ जेठ २४ गते परिपक्व हुनेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
Comments