जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?
जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइ राख्न हामी आगो ताप्ने, हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गर्दछौँ ।
तर यी सामाग्रीको प्रयोग गर्न नजान्दा वा सावधानी नअपनाउँदा धेरै घटनाहरू घट्ने गरेका हुन्छन् । तर हामीले केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्न सकिन्छ ।
कसरी सावधानी अपनाउने?
– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ ।
-कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।
-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं ।
-आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं ।
-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।
-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं ।
-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं ।
Comments