मंगलबार नेप्सेमा ३६.८६ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ३० करोड!

मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक ३६.८६ अंकले घटेर १९८५.४४ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २९७ कम्पनीको कुल १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१४ कम्पनीको सेयर मूल्य बढेको छ, २४ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड, धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल रिपब्लिक मिडिया लिमिटेड र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिवाइसी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.११% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोडको ७ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top