लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब ८२ करोड २८ लाख २१ हजार २८६.३२ रुपैयाँको कुल ८.५ प्रतिशतले हुन आउने २८ करोड ७५ लाख ३९ हजार ८०९.३३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४ प्रतिशतले हुन आउने १३ करोड ५३ लाख १२ हजार ८५१.४५ रुपैयाँबराबरको बोनस शेयर र ४.५ प्रतिशतले हुन आउने १५ करोड २२ लाख २६ हजार ९५७.८८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Comments

Back to top