चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा आह्वान

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको ४२३ औं बैठकले पुस २० गते शुक्रबार राष्ट्रिय सभागृह, भृकुटिमण्डप काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो।

कम्पनीको सभाले गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजी (७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ) को १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ। सभाले गत वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ। त्यसैगरी, चालु आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक तोक्नेछ।

त्यस्तै, सभामा सञ्चालक समितिका सदस्यहरुको सुविधा, दुई जना स्वतन्त्र सञ्चालकको निर्वाचन, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ पुस ८ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी सभामा भाग लिन तथा नगद लाभांश पाउन योग्य हुनेछन्।

Comments

Back to top