सोमबार नेप्सेमा १५.४० अंकको गिरावट, कारोबार रकम ४ अर्ब ८४ करोड!

सोमबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका ३०३ कम्पनीको कुल १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर ४ अर्ब ८४ करोड २७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८१ कम्पनीको सेयर मूल्य बढेको छ, १५७ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.१५% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २ करोडको ५१ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top