नेप्सेमा तेस्रो पटक सर्किट ब्रेक, ६ प्रतिशतले बढेपछि आजको कारोबार बन्द

नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर आजको लागि कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजलाई कारोबार बन्द भएको हो ।

पहिलो पटक ११ः०५ मै चार प्रतिशतले बृद्धि भएपछि २० मिनेटका लागि स्थगित भएको नेप्से ११ः२५ मा खुलेको थियो । खुलेको तीन मिनेटमै पुनः थप एक प्रतिशतले वृद्धि भई ५ प्रतिशत पुगेपछि दोस्रो पटक सर्किट लागेको हो । तेस्रो पटक बजार खुलेको केही समयमै थप १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेको हो ।

Comments

Back to top