आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा आज बस्दैछ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश पारित प्रस्ताव सहित आज साधारण सभा हुन लागेको हो।

बैंकले आज मंसिर २४ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउसो १ बजे सुरु हुने भनिएको छ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Comments

Back to top