शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको साधारणसभा आज
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको साधारणसभा आज हुँदैछ । कम्पनीले ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लिले विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १०.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सो सभाले साधारण सभामा अन्य कुनै बैंकसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा लगायतका एजेण्डा पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि जानकीले मसिंर ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । मसिंर १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Comments