नेपाल एसबीआई बैंकको पुस १३ गते वार्षिक साधारण सभा

नेपाल एसबीआई बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले ३.७५% बोनस सेयर र ६.८० % नगद गरी कुल १०.५५ % लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

यस्तै,प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

वार्षिक साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ती गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर २९ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ । तसर्थ, मंसिर २८ गतेसम्म कायम रहने सेयरधनीले मात्रा साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Comments

Back to top