बिहिबार नेप्सेमा ११.७३ अंकको वृद्धि!

बिहिबार सेयर बजार केहि अंकले बढेको छ। आज नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २९९ कम्पनीको कुल ९५ लाख ५ हजार ६०८ कित्ता सेयर २ अर्ब ७९ करोड ९१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७५ कम्पनीको सेयर मूल्य बढेको छ, ५७ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा त्रिसुली जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.८१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८६ करोडको ८३ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top