बुधबार नेप्सेमा सामान्य सुधार, कारोबार भने १ अर्ब १४ करोडको!

बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ३.३३ अंकले बढेरर १८४१.०४ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २९३ कम्पनीको कुल ३७ लाख ५५ हजार १२४ कित्ता सेयर १ अर्ब १४ करोड १८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर मूल्य बढेको छ, १०६ कम्पनीको मूल्यमा गिरावट छ भने, १३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ५ उपसमूहको परिसूचक घटेको छ भने ८ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.१३% ले घटेको छ। कारोबार रकमका  आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ३४ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै प्राइम कमर्सियल बैँकको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top