सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार ३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा खरिद गर्न चाहेको शेयर विवरणसहित आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र शेयर खरिदको आवेदनमा नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।

Comments

Back to top