नेप्से इन्ट्राडे अपडेट: २.५४ अंकको गिरावट!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक २.५४ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २.५४ अङ्कले घटेर १८९१.९९ मा आएको हो। २४२ कम्पनीको ८६२,०७३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २५ करोड २२ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सिटिजन्स् म्युचुअल फण्ड २ रहेको छ जसको सेयर मूल्यमा ५.६४% वृद्धि भएको छ भने टप लुजरमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९३% ले घटेको छ।

 

Comments

Back to top