नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर १० गतेदेखि सर्वसाधारणका लागि जारी गरेको कम्पनीको आईपीओमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिन्छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँड पछि सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा कुल कित्तामध्ये १० प्रतिशतले हुन आउन १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ ।

कम्पनीले बाँकी रहेको शेयरमध्ये पनि २७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ११ लाख ४१ हजार २५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।

सार्वजनिक निष्कासनमा आएको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

Comments

Back to top